Rule 7
प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कनको लागि प्रतिवेदन तयार गर्ने
(१) प्रस्तावकले नियम ५ बमोजिम स्वीकृत भएको कार्यसूचीको आधारमा अनुसूची– ५ बमोजिमको ढाँचामा प्रारम्भिक वातावरणीय परीक्षण र अनुसूची–६ बमोजिमको ढाँचामा वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी प्रतिवेदन तयार गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रतिवेदन तयारीको सिलसिलामा प्रारम्भिक वातावरणीय परीक्षण गर्नु पर्ने प्रस्तावको सम्बन्धमा प्रस्तावकले प्रस्ताव कार्यान्वयन हुने गाउँ विकास समिति वा नगरपालिका तथा जिल्ला विकास समिति वा सरोकार राख्ने व्यक्ति वा संस्थालाई प्रस्तावको कार्यान्वयनबाट वातावरणमा पर्न सक्ने प्रभावको सम्बन्धमा प्रन्ध दिनभित्र लिखित राय सुझाव दिनको लागि सम्बन्धित गाउँ विकास समिति वा नगरपालिका, जिल्ला विकास समितिको कार्यालय, विद्यालय, अस्पताल र स्वास्थ्य केन्द्रमा सूचना टाँस गरी मुचुल्का तयार गर्नेछ र सोही बमोजिमको पन्ध्र दिने सूचना राष्ट्रिय स्तरको कुनै एक दैनिक समाचारपत्रमा समेत प्रकाशन गर्नु पर्नेछ । यसरी सूचना प्रकाशन भएपछि सो सम्बन्धमा कुनै राय सुझाव प्राप्त हुन आएमा सो राय सुझाव समेतलाई प्रतिवेदनमा समावेश गर्नु पर्नेछ ।
तर वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी प्रतिवेदन तयारीको सिलसिलामा प्रस्तावकले प्रस्ताव कार्यान्वयन हुने गाउँ विकास समिति वा नगरपालिकाको ईलाकामा एक पटक प्रस्ताव बारेमा सार्वजनिक सुनुवाईको आयोजना गरी राय सुझाव सङ्कलन गर्नु पर्नेछ ।
(३) कुनै प्रस्तावको क्षेत्र निर्धारण र कार्यसूची स्वीकृत भई सकेको तर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पेश भई नसकेको अवस्थामा सो प्रस्तावको कुनै विषयमा परिवर्तन आउने भएमा परिवर्तन हुने विषय र त्यसको प्रभावलाई समेत प्रस्तावकले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा समावेश गरी पेश गर्नु पर्नेछ ।